मौलिकता र आधुनिकताको मिश्रण तेजश रेग्मीको नयाँ गीत रातो डोली 

काठमाण्डौ । नेपाली लोकदोहोरीमा नयाँ नयाँ प्रयोग गर्ने गायक तथा सर्जक तेजश रेग्मीले सिर्जना गरेको नयाँ गीत रातो डोली भर्खर मात्र सार्वजनिक भएको छ । मौलिकता र आधुनिकतालाई गीतले कलात्मक रूपले शब्द सङ्गीतमा उतारेको छ ।

तेजश रेग्मीको लय तथा शब्द सिर्जना रहेको गीतमा आवाजमा कल्पना काफ्लेले साथ दिएकी छन । मौलिक शब्द सहित तयार पारिएको गीत सार्वजनिक भएपछि दर्शक श्रोताहरूबाट राम्रो प्रतिक्रिया आइरहेको सर्जक रेग्मीले आर्थिक सन्देशलाई बताउनु भयो । 

एचवीएन किस्मतको संगीत संयोजन रहेको गीतमा निक्स शर्मा,दिब्या न्यौपाने,सन्तोष सापकोटा र पवित्रा काफ्लेको अभिनय रहेको गीतलाई मौषम हिमालीले निर्देशन गरेका छन । कल्पना काफ्लेको युउटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको सम्पादन अमृत चापागाँईले गरेका छन । 

 

प्रतिक्रिया