प्रिओपनमा सामान्य अंकले बढ्यो नेप्से,आज पनि गुमाउनेमा जलविद्युत कम्पनीकै लगानीकर्ता

काठमाण्डौ । साताको दोस्रो दिन पिओपन सेसनमा नेप्से करिव १ अंकले बढेको छ । योसँगै समग्र बजार ३१२६ विन्दुमा पुगेको छ । 

आइतबार पनि ५६ अंकले घटेर बजार बन्द भएको थियो । 

यो सेसनमा आज ६२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जसमध्य १९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ११ कमपनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

आज पनि धेरै गुमाउने शेयर धनिहरुमा जलविद्युत कम्पनीका शेयर धनीहरु रहेका छन । आज एक करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । 

प्रतिक्रिया