काठमाडौं - गत हप्ता आइपीओ निष्कासन गरेको हिमालयन इन्स्योरेन्सको शेयरमा ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (पुस २ गते) साँझ ५०ः०९ बजेसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन र शेयर संख्या हेर्दा लगानीकर्ता सबैले शेयर पाउने पक्का देखिन्छ ।
जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १.२९ गुणा बढी हो । कम्पनीले मंसिर २७ गतेबाट आज (पुस २ गते) सम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले मंसिर २७ गतेबाट आज (पुस २ गते) सम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो ।