नेप्सेमा नयाँ कीर्तिमान: २५ अर्ब ७७ करोडको कारोबार, सूचक २,८६० विन्दुमा

काठमाडौं– साताको पहिलो कारोबार दिनमा नेप्सेले ऐतिहासिक नयाँ कीर्तिमान कायम गरेको छ। आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ, जसले नेपाली शेयर बजारको इतिहासमा नयाँ रेकर्ड बनाएको हो।

गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको कारोबारले नयाँ रेकर्ड बनाएको थियो, तर आजको कारोबारले उक्त रेकर्डलाई तोड्दै २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ।आज नेप्से सूचक ९४.५३ अंकले वृद्धि भएर २,८६० को विन्दुमा पुगेको छ।

२२५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।आज ३३० कम्पनीका ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयरको कारोबार भएको हो, जसमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हिमालयन रिइन्स्योरन्स हो।

यस कम्पनीको १ अर्ब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सले १ अर्ब १६ करोड रुपैयाँको कारोबार गरेको छ भने निफ्राले ६८ करोड २७ लाख रुपैयाँको कारोबार गरेको छ।

प्रतिक्रिया