सिक्लेस हाइड्रोपावरको शेयर नेप्सेमा कारोबार सुरु

काठमाण्डौ । आज मंगलबार सिक्लेस हाइड्रोपावरको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११६।८६ देखि ३५०।५८ मूल्य रेञ्ज तोकेको थियो। सोही मूल्य रेञ्जको आधारमा आज पहिलो कारोबार भएको हो।


कम्पनीको 'एसआइकेएलइएस' संकेतमा सेयर कारोबार खुला भएको हो। सोमबार कम्पनीको ८५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो।

यस अवधिसम्म कम्पनीको सेयर मूल्य ९।१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३१८ रुपैयाँ ६० पैसा कायम भएको छ।

प्रतिक्रिया