शेयर बजारमा हरियाली, नेप्से ३० अंकले उकालो

काठमाडौं– सोमबार शेयर बजारमा हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २९.८७ अंकले वृद्धि भई २७२७.९१ विन्दुमा पुगेको छ। सूचक १.१० प्रतिशतले बढ्दा कुल कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ पुगेको छ। आज १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएका छन्।

बजारमा आज १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ। ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। कुल ३०२ कम्पनीको कारोबार हुँदा १ लाख २ हजार ८६१ पटक शेयर किनबेच भएको छ।

आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी विकास बैंकको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा पुगेको छ।

१३ वटा समूहहरूमध्ये फाइनान्स, जलविद्युत् (हाइड्रो) र ट्रेनिङ समूह बाहेक सबैमा हरियाली छाएको छ। फाइनान्स समूह ०.८४ प्रतिशतले, जलविद्युत् समूह ०.१५ प्रतिशतले र ट्रेनिङ समूह १.२७ प्रतिशतले घटेका छन्।

अन्य समूह सबैभन्दा बढी २.४७ प्रतिशतले बढ्दा, लगानी समूह भने सबैभन्दा कम ०.२० प्रतिशतले मात्र बढेको छ। वाणिज्य बैंक समूह २.१६ प्रतिशतले, विकास बैंक ०.३३ प्रतिशतले, होटल तथा पर्यटन २.२९ प्रतिशतले, जीवन बीमा ०.८९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशतले, लघुवित्त २.४५ प्रतिशतले, म्युचुअल फण्ड ०.५२ प्रतिशतले र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया