संसद् अधिवेशनको पहिलो बैठकका लागि कार्यसूचीतय

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत पहिलो बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

चैत ११ गते बिहीबार दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ। संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको कार्यसूचीअनुसार बैठकमा आठ वटा मुख्य एजेन्डा समावेश गरिएको छ।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य वा सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी संसद्मा प्रस्तुत गरिनेछ।

यस अधिवेशनले समसामयिक राजनीतिक विषयमा छलफल, विधेयक प्रस्तुत तथा अन्य संसदीय प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया