नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा १५ लाख भन्दा बढीको आवेदन,आज अन्तिम अबसर

नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडको आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) को आवेदन प्रक्रिया आज फागुन १५ गते बिहीबार अन्तिम दिन छ। यसको लागि लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। यस आइपीओको निष्कासन फागुन ११ गतेदेखि सुरु भएको थियो।

बुधबार साँझ ५:०७ बजेसम्म, यस आइपीओमा १५ लाख ७२ हजार ५८८ जना आवेदकहरूले २ अर्ब ४ करोड १ लाख ९२ हजार कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ११.०५७ गुणा बढी हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने योजना बनाएको थियो।

यस मध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।

यस आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ।

केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो रेटिङ २०८१ भदौ ६ गते दिइएको थियो र २०८२ भदौ ६ गतेसम्म बाहाल रहनेछ।

प्रतिक्रिया