काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७०१.०० बिन्दुमा झरेको छ।
कारोबार सुरु भएपछि बजार केही समय बढ्दै १२:१३ बजे २७४४ बिन्दुसम्म पुगे पनि त्यसपछि लगातार दबाबमा पर्दै अन्त्यसम्म ओरालो लाग्यो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।
क्षेत्रगत रूपमा बैंकिङ समूह ०.१० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.३० प्रतिशतले घट्यो। यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२, विकास बैंक १.८२, जलविद्युत् १.९०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१, लगानी ०.७०, फाइनान्स ०.७० तथा अन्य समूह १.६९ प्रतिशतले ओरालो लागेका छन्।
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी गोर्खाज फाइनान्स ३.८६ प्रतिशत र धौलागिरि लघुवित्त ३.११ प्रतिशतले उकालो लागेका छन्।
यता आत्मनिर्भर लघुवित्त १३.३८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ९.६३ प्रतिशत, कालंगा हाइड्रोपावर ८.५२ प्रतिशत, सालपा विकास बैंक ८.१९ प्रतिशत तथा होटल फरेस्ट इन ७.५७ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।