सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आगामी वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो।
यो अनुसार, हाल कायम रहेको १ कित्ता शेयर बराबर नयाँ ०।२७ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन हुनेछ। यस अन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता, अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ।
हकप्रद निष्काशनको प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार वैशाख ४ गतेसम्म शेयरधनी कायम रहेकाहरूले हकप्रदमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भने जेठ १९ गते तोकिएको छ।
यो निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ऋब्च्भ्(ल्ए द्यद्यद्य ९त्चष्उभि द्य० इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतालाई औसतस्तरमा रहेको संकेत गर्छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड ले लिएको छ। शेयरधनीहरूले बिक्री प्रबन्धक कार्यालय, सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरू, साथै आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्थाबाट ऋ(ब्क्द्यब् प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात कम्पनीको पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।