काठमाण्डौ - साताको द्रोसो दिन सोमबार नेप्से १.४७ विन्दुले बढेर बजार बन्द भनेको छ ।
यो सँगै समग्र बजार ३१०९ बिन्दुमा पुगेको छ । नेप्सेमा खासै उत्साह नआए पनि जलविद्युत र फाइनान्समा भएको आकर्षणले कारोबार रकम भने १४ अर्ब माथि पुगेको छ ।
कारोबार अवधिमा २२४ कम्पनीको शेयर खरिद बिक्री हुँदा ७९ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने १०० कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।
करिब आधा दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्यमा सर्किट लाग्दा जलविद्युत र फाइनान्स समूहको उपसुचकमा चमक आएको छ ।