काठमाडौं – वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उनलाई सोमबार नियुक्त गरेकी हुन्।
भण्डारी नेपालको इतिहासमै पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्। यसअघि महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्वीकृत गरेका थिए।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा जेन-जी आन्दोलनको दबाबपछि अन्तरिम सरकार गठन भएको हो। उनी पनि नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।
यस्तै, प्रधानमन्त्री कार्कीले आजै पाँच जना मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेकी छन्।