सन् २०२३ मा बजार नखुल्ने

काठमाडौं - अघिल्लो साता केवल तीन दिन मात्र खुलेको शेयर बजार यो हप्ता पनि पुरै साता कारोबार नहुने भएको छ । यो सँगै सन् २०२३ मा शेयर बजार अब नखुल्ने भएको छ । किन भने आज यो वर्षको अन्तिम दिन रहेको छ । 

सरकारले तमु लोसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द हुने भएको हो । 

आईतबार बाहेक अन्य दिन भने शेयर बजार खुल्ला हुने छ । 

पछिल्लो साता बिहीबार शेयर बजार सामान्य अङ्कले घटेर २०६८ को विन्दुमा आएको छ । त्यस दिन कारोबार रकम पनि घटेर ४ अर्ब २९ करोडमा आएको थियो। 

प्रतिक्रिया