साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौ - साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । चैत १३ गते, आइतबार छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँ कायम रहेको छ ।

यस दिन तेजाबी सुन एक लाख ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । गत शुक्रबार पनि सुन यसै मूल्यमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार ४०० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया