मेहनती जोडी, श्रीमान् सिडिओ र श्रीमति सहायक सिडिओ


काठमाडौं–परिश्रमको फल मिठो हुन्छ । मेहनती जोडी । जसले निजामति सेवामा प्रवेश गरेर आफ्नो अब्बलता प्रस्तुत गरेका छन् । निजामति सेवा अन्तर्गत एक उपसचिव जोडी प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन् । उनीहरु हुन् सिद्धराज जोशी जो हाल दार्चुला जिल्लाका सिडिओ छन् भने उनका श्रीमती किरण जोशी डोटीकी सहायक सिडिओ हुन्। कैलालीको गोदावारी–६ निवासी यी दुवैको बिहे भने ०५४ सालमा भएको थियो । किरणले १४ माघ ०७७ मा खुला प्रतिस्पर्धामा उपसचिवमा नाम निकालेकी थिइन् । त्यसअघि उनी निजामति सेवाको खरिदार पदमा थिइन् ।


१६ बर्षसम्म उनले खरिदार र सुब्बा पदमा काम गरेकी किरणको निजामति सेवा भने १ साउन ०६१ मा थालेकी थिइन् । किरणलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै सहायक सिडिओ बन्ने पहिलो महिला हुन् । यसअघि किरण रोल्पामा निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् । किरणले पति सिद्धराजसँग मिलेर लोक सेवा तयारी सम्बन्धि खरिदार, उपसचिव र सह–सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब लेखिसकेकी छन् ।
 

प्रतिक्रिया