आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौँ । अर्थमन्त्रीडा.प्रकाशशरण महतले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ ।  

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुनौती अझै कायम रहेको बताए ।

संसद्मा पेस भएको प्रि–बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेलाई जानकारी दिएका छन् ।

https://पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया