• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सुर्य खड्का र सम्झना भण्डारीको तीज गीत "चाँदी बटन" उत्कृष्टको सूचिमा - भिडियो सहित

काठमाण्डौ - लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ । 

गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन । 

शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । 

गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । 

 

प्रतिक्रिया