पत्रकार तिलु पौडेललाई कतारमा विशेष सम्मान

कतार — वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल ‘नवोदित पत्रकार सम्मान’ बाट सम्मानित भएका छन्।

शुक्रबार सम्पन्न नवोदित साहित्यिक वाचनालय कतारको १७औँ अधिवेशन, ११२औँ भानु जयन्ती, नवोदित कृति अवार्ड तथा कृति विमोचन कार्यक्रम र अनेसास नवोदितको १६०औँ वाचन डबलीका अवसरमा पौडेललाई सम्मान प्रदान गरिएको हो।

वाचनालयका भूतपूर्व महासचिव तथा आजीवन सदस्य समेत रहेका पौडेललाई संस्थाले आयोजना गरेका साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्त रूपमा प्रवाह गरेको उल्लेख गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि पौडेलले संस्थाका सम्पूर्ण पदाधिकारी र आयोजकमण्डलप्रति आभार व्यक्त गर्दै सम्मानले आफूलाई पत्रकारितामा अझ दृढ भएर अगाडि बढ्न ऊर्जा र प्रेरणा प्रदान गरेको बताए।

म्याग्दीको बेनीबाट प्रकाशनमा आउने स्थानीय अनलाइन मार्फत पत्रकारिता सुरू गरेका पौडेल हाल काठमाडौंबाट प्रकाशन हुने मध्यान्ह राष्ट्रिय दैनिकमा आबद्ध छन्। उनी कतारमा सामुदायिक पत्रकारिता तथा प्रवासी मजदुरका समस्या उठाउने अग्रपङ्क्तिका पत्रकारका रूपमा चिनिन्छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय