सेयर र घरजग्गा कारोबारबाट सात महिनामा ३५ अर्ब राजस्व संकलन

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो सात महिनामा सेयर तथा घरजग्गा कारोबारबाट सरकारले ३५ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड ९सिडिएससी० र भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार यो गत वर्षको सोही अवधिको तुलनामा ४५।१४ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा २४ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ संकलन भएको थियो।

सेयर कारोबारबाट १०।८७ अर्ब राजस्व
सात महिनामा सेयर कारोबारबाट १० अर्ब ८७ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ, जुन गत वर्षको तुलनामा २८० प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा दुई अर्ब ८६ करोड ५९ लाख रुपैयाँ मात्र संकलन भएको थियो।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कारोबार रकममा वृद्धि भएसँगै राजस्व संकलन बढेको हो। साउनमा चार अर्ब २३ करोड ७८ लाख, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा एक अर्ब चार करोड, पुसमा ५८ करोड सात लाख र माघमा एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ।

सेयर कारोबारमा दीर्घकालीनतर्फ ५ प्रतिशत र अल्पकालीनतर्फ ७।५ प्रतिशत पुँजीगत लाभकर लाग्छ। सेयर किनेर एक वर्षपछि बिक्री गर्दा ५ प्रतिशत कर लाग्छ भने एक वर्षभित्र बिक्री गर्दा ७।५ प्रतिशत कर लाग्नेछ। घाटा भएका कारोबारमा कर तिर्नु नपर्ने व्यवस्था छ।

घरजग्गा कारोबारबाट पौने २५ अर्ब राजस्व
समीक्षा अवधिमा घरजग्गा कारोबारबाट करिब २४ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको तुलनामा १४।११ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको थियो।

देशभर सात महिनामा दुई लाख ७८ हजार दुई सय ७८ घरजग्गा कारोबार भएका छन्। माघ महिनासम्म साउनमा ४३ हजार, भदौमा ३२ हजार, असोजमा ३० हजार, कात्तिकमा ३३ हजार, मंसिरमा ४३ हजार, पुसमा ४८ हजार र माघमा ४६ हजार कारोबार भएका छन्। आजको नयाँ पत्रिका दैनिबाट

प्रतिक्रिया