अर्थमन्त्रीमा पौडेलको आगमन लक्की साबित,दर्जन माथिको कम्पनीको सकारात्मक सर्किट

काठमाडौंँ - केही महिना यता निरन्तर निराश रहेका लगानीकर्तालाई वर्तमान सरकारले भने मख्ख बनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई अहिले लगानीकर्ताको भट्ने ओइरो नै लागेको छ ।

मन्त्री पौडेलले लगानीकर्तालाई पूँजी बजार सुधारका लागि सहि कदम चाल्ने प्रतिक्रया दिदैं छन् त्यसैले पनि लगानीकर्ता उत्साहित बन्दैं गएको छ ।हिजो लगानीकर्ताले नाफा बुक गर्दा सामान्य अकंले घटेको शेयर बजार फेरी बुधबार छलाङ आएका छन् । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा निरन्तर रौनक देखा परेको छ ।

अहिले वर्तमान सरकारको मुख्य ध्यान नै अर्थतन्त्र सुधार र पूँजीका करिब ५० लाख भन्दा बढी लगानीकर्ताको हितको काम गर्ने तिर छ । अर्थमन्त्री शार्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री पुष्प कमल दाहालले भेट गरी अर्थमन्त्री सुधारमा केन्द्रित हुन निर्देशन दिएसँगै यसको सकारात्मक असर शेयर बजारमा पनि पर्ने गएको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.८७ अकंले बढेर २१२५.९४ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको कारोबार भइरहेका छ ।बुधबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ेशेयर ११ करोड ५२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, सानिमा माइ हाइड्रोपावरको १० करोड ८७ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड ४ लाख रुपैया र नेपाल रि इन्स्योरेन्सको ९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको १.२३ प्रतिशत, विकास बैंक समूहको ४.४३ प्रतिशेतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया