एभरेष्ट बैंकको ऋणपत्रमा लगानीको अवसर,कति छ बार्षिक ब्याज ?

काठमाण्डौ । केहि समय रोकिएको धितोपत्र बोर्डको काम अब भने धमाधन हुन थालेको छ । यसै विच एभरेष्ट बैंकले माघ ३ गतेदखि ऋणपत्र निष्काशन गर्ने भएको छ । 

बैकले वार्षिक ८।५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गार्न लागेको हो । माघ ३ गतेबाट बैकले ८ वर्ष समय अवधी भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा विक्री खुल्ला गर्ने छ ।

८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंक्ले जानकारी दिएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

इच्छुक आवेदकले ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म थप हुने छ ।

प्रतिक्रिया