लोकप्रिय गायक राजन कार्कीको नयाँ गीतले ततायो टिकटक (भिडियोसहित)

काठमाडौँ। लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको आवाज रहेको नयाँ गीत पोखरामा घाम लाग्यो घमाइलो सार्वजनिक भएको छ। पछिल्ला उत्कृष्ट सिर्जनाहरूमार्फत दर्शक–स्रोताको मन जित्न सफल गायक कार्कीको यो गीतले छोटो समयमा नै सामाजिक सञ्जालमा व्यापक चर्चा पाउन सफल भएको छ।

राजन कार्की, जीवन दाहाल र शान्ता रानी परियारको स्वर रहेको गीतको शब्द तथा लय सिर्जना राजन कार्कीले गरेका हुन्। याम थापा मगरले संगीत संयोजन गरेको यो गीतलाई अडियो मात्र नभई भिडियोको पक्षमा पनि उत्कृष्ट बनाउन निर्माण टिमले निकै मेहनत गरेको छ। गीत सार्वजनिक भएपछि दर्शक–स्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको गायक कार्कीले आर्थिक सन्देशलाई बताए।

गीतको भिडियोलाई राजन कार्कीले परिकल्पना गरेका छन् भने निर्देशन मनोहरी भण्डारीले गरेका छन्। भिडियोमा जीवन दाहाल, राजन कार्की, सँगिता क्षेत्री, सपना क्षेत्री, महसुप क्षेत्री, वर्षा क्षेत्री, र राजन सुवेदीलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

गीतले टिकटकमा निकै लोकप्रियता हासिल गर्दै दर्शक–स्रोतामाझ चर्चा बटुलिरहेको छ।

 

प्रतिक्रिया