काठमाण्डौ । कारोबार सुरु भएको दोस्रो दिनमै हिमालयन इन्स्योरेन्सको शेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ ।
कम्पनीको सोमबार मात्र दोस्रो बजारमा शेयर कारोबार सुरु भएको थियो । हिजो कारोबार भएको केही मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो भने आज पनि कारोबार भएको पहिलो मिनेटमै कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेर सर्किट लागेको छ ।
अहिले सम्मकै ठुलो आईपीओ निष्कासन गरेको सो कम्पनी दोस्रो बिमा गर्ने दोस्रो कम्पनी हो । कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण निकै देखिएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा ४३ लाख कित्ता भन्दा धेरैको माग रहेको छ ।