काठमाडौंं - पिपुल्स पावर कम्पनी अझै १ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
यद्यपि, गत असार मसान्तसम्मको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । गत असारको सोही अवधिमा पनि कम्पनी २१ लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने १ करोड ६५ लाख ५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।कम्पनीले विद्युत उत्पादन थालनी नगरेकाले यसबाट हुने आम्दानी पनि शून्य रहेको छ ।
कम्पनीले आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको र केही सयम प्रश्चात नै व्यापारिक उत्पादन सुरु गर्ने जनाएको छ ।कम्पनीको प्रतिसेयर आम्दानी उल्लेख छैन भने प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा रहेको छ ।