सर्जक यामप्रसाद गायनमा पनि,यस्तो छ "रानी हार"

काठमाडाैं - तीजको रौनक नजिकिँदै गर्दा सर्जक यामप्रसाद निउरेले नयाँ तीज गीत ‘रानीहार’ बजारमा ल्याएका छन् । यसअघि ‘चोली फाटेकोमा’ जस्तो चर्चित तीज गीतमार्फत चर्चा कमाएका निउरेले यसपटक पनि मौलिकता समेटिएको सिर्जना दर्शक–श्रोतामाझ पस्किएका हुन् ।

‘रानीहार’ गीतमा अलिकति मायाप्रेम, हासोठट्टा र रमाइलोपन मिसिएको छ । गीतमा देवी घर्ती र यामप्रसाद निउरेकै स्वर रहेको छ भने शब्द पनि निउरेले नै लेखेका छन् । गीतमा चलनचल्तीको भाका प्रयोग गरिएको छ, जसले तीजको माहोललाई अझै रंगीन बनाउँछ ।

गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोको निर्देशन र कोरियोग्राफी प्रविन थापाले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन सुजन कोइरालाले गरेका छन् ।

‘रानीहार’ गायक निउरेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया