नेपालमा फ्रान्सको लगानी बढाउन राजदूतलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं–नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन,  जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गर्नुभयो । 


लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्नुहुँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत द्ययगचदबय लाई आग्रह गर्नुभयो । कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ । 

प्रतिक्रिया