काठमाण्डौ - नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीज आउन अझ धेरै धेरै दिन बाकी छ तर कलाकारहरुले भने तीज गीत भने सार्वजनिक गर्न थालिसकेका छन् ।
यसै बीच अघिल्लो तीजमा महामारी बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको टिमले यो वर्ष पनि असारमै तीज गीत महामारी भाग २ सार्बजनिक गरेका छन् ।
यो वर्षको गीत पनि निकै उत्कृष्ट र समसामयिक रहेको छ । सोही अनुसार गीतले दर्शकको मन पन जितिरहेको छ । गीत हेर्ने धेरै दर्शकले गीत उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
गीतलाई नेत्र अर्यालले शब्द सिर्जना गरेका छन् भने खेम सञ्चुरीले लय सिर्जना गरेका छन् ।
गीतमा पुरुषोत्तम पौडेल,खेम सेन्चुरी,देवी घर्ती र शर्मिला गुरुङको आवाज रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतमा, गोफते काजी,अञ्जली अधिकारी साथै गीत गाउने कलाकारहरुको पनि अभिनय रहेको छ ।