२० मध्ये ४ वटा बैंकको मात्र नाफा बढ्यो

काठमाडौं - हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । जस अवधि वाणिज्य बैंकहरुले कुल २८ अर्ब ७१ करोड खुद नाफा कमाएका छन् ।

समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेको छ ।

 

यस अवधिमा नाफा बढाउने बैंकमा हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंक रहेका छन् । जस मध्ये हिमालयन बैंकको खुद नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ । अघिल्लो त्रैमासको यसै अवधिमा घाटामा रहेको कृषि विकास बैंक यस पटक नाफामा आएको छ ।

यस अवधिमा १२ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।  

प्रतिक्रिया