काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक २.७० अंकले घट्दै २८१८.४३ बिन्दुमा झरेको छ। उतारचढावबीच बजार सामान्य रूपमा घटेको हो।
यस दिन १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३१० कम्पनीका १ करोड ९० लाख कित्ता भन्दा बढी सेयर किनबेच भए। १३२ कम्पनीका सेयर घट्दा ९९ कम्पनीका मूल्य बढेका छन् भने १२ कम्पनी स्थिर रहे।
बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, र लघुवित्त समूहबाहेक अन्य सबै सूचक घटेका छन्। गार्डीयन माइक्रो लाइफ र भूगोल इनर्जीका सेयर १० प्रतिशतले बढे भने उपकर लघुवित्त, राप्ती हाइड्रो, र महालक्ष्मी विकास बैंकका सेयर पनि वृद्धि भए।
नबिल डिबेन्चर २०८२ को मूल्य १० प्रतिशतले घट्यो। गुराँस लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन, र गरिमा समृद्धि योजनाका सेयर पनि ओरालो लागे।
कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहे। यी दुबै कम्पनीका सेयर कारोबार १ अर्ब रुपैयाँभन्दा माथि पुग्यो।