काठमाडौँ — लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको अहिलेसम्मकै फरक धारको नयाँ गीत ‘करिमै यस्तै हो कि’ सार्वजनिक भएको छ। विक्रम बाबु विश्वकर्माको शब्द तथा कुलेन्द्रकै संगीत रहेको गीतमा प्रेम र जीवन भोगाइलाई अडियो तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ।
गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन्। भिडियोमा अपूण एचके, लक्ष्मी थापा मगर, अबिन गुरुङ, बाबुराम राउत र सुविराज बस्नेतको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् भने उत्कृष्ट निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन्।
गीत सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल, विशेष गरी TikTok लगायतका प्लेटफर्महरूमा निकै चर्चा पाइरहेको छ। गायक विश्वकर्माले दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए।
गीत कुलेन्द्र विश्वकर्मा को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।