मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार ज्यान गुमाउनेमा १४ वर्षीय सुशान्त आचार्य, १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी रहेका छन्।
प्रमेश र प्रमाध दाजुभाइ हुन् भने सुशान्त उनीहरुको मामाको छोरा हुन्। मामाघर आएका घोरासैनी दाजुभाइ सुशान्तसहित सोमबार सिस्नेरी खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मृतकको शव परीक्षणका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिएकी छन्।