दोस्रो दिन पनि सेयर बजारमा उछाल, नेप्से ५८ अंकले उक्लियो

काठमाडाैं । दाेस्राे काराेबार दिन पनि सेयर बजारमा उच्च अंककाे वृद्धि देखिएकाे छ । साेमबार बन्द रहेकाे सेयर बजार मंगलबार ५८.६३ अंकले बढेकाे हाे ।

आज २.२३ प्रतिशतले बढेकाे सेयर बजार २६ सय ८२ दशमलव २५ विन्दुमा उक्लिएकाे छ ।

नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३२८ कम्पनीकाे १ कराेड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ कराेड २७ लाख ७३ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

आइतबार ३ सय २९ वटा कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज सबै समुहकाे सेयर बढेकाेमा निर्जीवन बीमा ३.४८, जलविद्युत ३.३०, बिकास बैंक २.९५, हाेटल तथा पर्यटन २.७८, माइक्राेफाइनान्स २.५४, अन्य समुह २.५१, जीवन बीमा २.३१ र फाइनान्स २.१२ प्रिशतले घटेकाे छ ।

प्रतिक्रिया