काठमाण्डौ - अघिल्लो बर्ष भाटैमा भाइरस बोलको गीत सार्वजनिक गरेर चर्चामा आएको टिमले यो बर्ष सोहि गीतको भाग दुई पनि सार्वजनिक गरेको छ ।
विगतमा जस्तै यो बर्ष पनि अत्यन्तै उत्कृष्ट शब्द र विषय सहित सो गीतको अडियो र भिडियो सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमै सबैले राम्रो भन्ने प्रतिक्रिया समेत दिएका छन ।
गीतले कोरोना भाइरसको संक्रमणले चेलीलाई माइत जान नपाएको बेदनालाई उठाएको छ । गीतका शब्द सिर्जना शिव अखेलीले गरेका छन भने लय सिर्जना गोविन्द पौडेलले बनाएका छन ।
गीतमा रिना केसी,जुना श्रीस,कुमार पुन र प्रिन्स दाहालले आवाज दिएका छन । तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन समेत आचार्यले नै गरेका छन । गीतमा मिरा केसी र जीवन शाहानी,प्रिन्स दाहाल लगाएतका कलाकाहरुले अभिनय गरेका छन । गीतको म्युजिक भिडियो बजार ब्यवस्थापन डिजिटल स्टार पोखराले गरेको छ ।