रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं । सोमबार शेयर बजारमा भारि गिरावट आएको छ । विष्णु पौडेल अर्थमन्त्री भएपछिको यो सबै भन्दा ठुलो गिरावट हो ।
बजारमा बैंकहरुको ब्याजदर बढी भएको भन्दैं चौर्तफी बिरोध भइरहेको छ । ठाउँ ठाउँबाट ब्यावसायीहरु ब्याजदरको बिरोधमा आन्दोलन गर्दै छन् । सोहि कारण पनि सेयर बजा प्रभावि बन्दैं गएको छ । अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खिरहेको देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज ४१।०१ अकंले घटेर २१२७।५२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १।१५ प्रतिशत, विकास बैंक समूहको २।५२ प्रतिशत, फाइनान्स समूहको ३।४२ प्रतिशत लगायत १३ वटै उपसूचक ओरालो लागेका हुन ।