सबै पक्ष उत्कृष्ट रहेको तीज गीत "साइलो दाई"

काठमाडौँ — नेपाली हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै छ। हरितालिका तीजलाई लक्षित गर्दै यस वर्ष ३०० भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् भने केही गीतहरू सार्वजनिक हुने क्रममा छन्।

यसैबीच बागलुङका युवा पंकज पौडेलको नयाँ तीज कोसेली "साइँलो दाई" भर्खरै मात्र सार्वजनिक भएको छ। उत्कृष्ट नृत्य, दमदार शब्द र सुमधुर लयले सजिएको उक्त गीतलाई दर्शक–श्रोताले छोटो समयमा नै मन पराइरहेका छन्।

विक्रम शर्मा र अस्मिता डल्लाकोटीको आवाज रहेको गीतमा महेन्द्र भण्डारी र पंकज पौडेलले लय सिर्जना गरेका छन्। गीतलाई विक्रम शर्माले शव्द सिर्जना गरेका हुन्। पछिल्लो समयका चर्चित निर्देशक प्रेम थापाले उक्त गीतलाई आकर्षक नृत्यसहित निर्देशन गरेका छन्।

लोमस शर्मा र बिना राउतको अभिनय रहेको गीतमा महेन्द्र भण्डारीले संगीत संयोजन गरेका छन्।

 

प्रतिक्रिया