• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • बजार ,
  • व्यापार/व्यवसाय

उकालो लाग्ने क्रममा सुनको मूल्य, एकलाख माथिको भाउमा शुक्रबारको कारोबार

काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ ।सुन आज तोलामा १ लाख रुपैयाँ माथि उक्लिएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया