अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने

काठमाडाैं - नेपालमा अहिले पनि आइपीओ निष्कासन गर्नेको लाइनमा ३ दर्जन भन्दा धेरै कम्पनीहरु छन् । तर धितोपत्र बोर्डको प्रमुख नहुँदा आइपीओ निष्कासन ठप्प भएको छ । 

यसै बीच अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्ने भएको छ । एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता-पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यसै क्रममा नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने चिफ फाइनान्सियल अफिसर राजु पौडेलले बताए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय