काठमाडौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपिओमा पहिलो दिन नै झण्डै साढे पाँच लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार बुधबार साँझ पाँच बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता शेयर गरिदको लागि आवेदन दिएका छन। यो भनेको मागको ९.९९ गुणा धेरै हो।