ङादी ग्रुप पावरको साधारण सभामा लफडा

काठमाण्डौ - ङादी ग्रुप पावर लिमिटेडको साधारणसभा लफडा भएको छ ।  साधारणसभामा सहभागिताको विषयले उग्र रुप लिएपछि सभानै रद्ध गर्न माग गरिएको छ । 

लगानीकर्ताहरुले सुरक्षा मापदण्ड पालना नभएको भन्दै विरोध समेत गरेका छन् । एक लगानीकर्ताले भने सबै हाइड्रोपावरले अनलाइन प्रविधि प्रयोग गरेर भर्चुअल अर्थात जुम मार्फत साधारण सभा गरिरहेका छन्, तपाईँहरुलाई चाही जुम मार्फत साधारण सभा गर्न कसले रोक्यो ? सेयरधनी  भने ‘जुम मार्फत साधारण सभा गरेको भए घरमै बसेर उपस्थिति हुन पाइन्थ्यो, कोभिडको पनि डर हुँदैन थियो ।’ साधारण सभामा चरम असन्तुष्टि पोखेका छन् । 

कम्पनीले क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा साधारण सभा सम्पन्न गरेको थियो । साधारण सभाले प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि), त्यसैगरी १ः२ हकप्रद सेयर निष्कासनकाे प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

प्रतिक्रिया