गभर्नर नियुक्तिको चर्चासँगै नेप्सेमा उत्साह, ४९ अंकको उछाल

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धी सकारात्मक संकेतका कारण बजारमा उत्साह देखिएको हो।

नेप्से सूचक आज ४९.०९ अंकले बढेर २,६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ। आजको कारोबारमा २२९ कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ।

सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरमा सकारात्मक सर्किट लागेको छ, जसका कारण यी कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक लाभ कमाएका छन्। अन्य तीन कम्पनीका शेयर मूल्यमा पनि करिब ९ प्रतिशतले वृद्धि भएको छ।

उता, वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। सो कम्पनीको शेयर मूल्य ३.०९ प्रतिशतले घटेको छ।

कारोबारको आधारमा राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो। नेप्से अनुसार, आज यस कम्पनीको कुल ४१ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया