युवा गायक प्रमोद भुसालको अमिलो ट्वाक्कमा देखिए दुर्गेश थापा ( भिडियो सहित)

काठमाडौं - युवा गायक तथा सर्जक प्रमोद भुसालको नयाँ गीत अमिलो ट्वाक्क भर्खर मात्र सार्वजनिक भएको छ । 

 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई प्रमोद आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन यम थापा मगरको रहेको छ । 

 

सुनिता बुढा र प्रमोद भुसालको आवाज रहेको गीतलाई प्रविन थापाले निर्देशन गरेका छन् भने दुर्गेश थापा र नविना सिलवालको अभिनय रहेको छ । 

 

प्रतिक्रिया