प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह - नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुस्

काठमाडौं - नेपाली कांग्रेसले बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि पत्रकारसँग कुरा गर्दै भने, "सबैभन्दा ठूलो दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने निर्णय गरिसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ।" उनले थप भने, "अन्य दलहरुले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन्, यो नै नयाँ राजनीतिक समीकरण हो। कांग्रेस कार्यसम्पादन समितिले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।"

प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त नगरेको अवस्थामा संविधानको बाटोबाटै भएपनि नयाँ सरकार बन्ने प्रवक्ता महतले बताए।यसअघि मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले पनि प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

माओवादी केन्द्रले भने मंगलबारकै बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया