वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि अर्थ मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएको छ।

राष्ट्र बैंकका सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार मन्त्रालयबाट ढुंगानालाई कार्यवाहक गभर्नरको रूपमा जिम्मेवारी सम्हाल्नका लागि औपचारिक पत्र प्राप्त भएको छ।

यता आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। यद्यपि, राष्ट्र बैंकको स्थायी गभर्नर नियुक्तिका लागि आवश्यक सिफारिस समितिको बैठक भने हालसम्म बस्न सकेको छैन।

प्रतिक्रिया