काठमाण्डौ - प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा आज भने घटेको छ ।
कम्पनीको शेयर मूल्यमा करिव लगातार २ हप्ता सर्किट लागेर शेयर मुल्य ७ सय माथि पुगेको थियो तर आज बुधबार भने शेयर मूल्यमा करेक्सन भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ६९७ मा कारोबार भइहेको छ भने ४४ हजार माथिको शेयर माग रहेको छ ।
आज कम्पनीको २ लाख भन्दा धेरै कित्ताको शेयर कारोबार भएको छ ।