आईपीओ आवेदनमा किर्तिमानी,मनकामना स्मार्ट लघुवित्तकाे शेयरमा २१ गुणा बढी आवेदन

काठमाडौ - आज मात्र आवेदन खुल्ला भएको मनकामना स्मार्ट लघुवित्तकाे शेयरमा पहिलो दिन मै २१ गुणा बढीको आवेदन परेको छ । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८९ हजार ८१२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ जुन कम्पनीले सर्बसाधारणमा बिक्रीमा ल्याएको आइपीओको २१ गुणा भन्दा बढी होे।

 संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया