गुडिरहेको बसमा एक्कासी आगलागी


काठमाडौं–सुर्खेतबाट काठमाडौं आउँदै गरेको  बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने सकुशल छन । केही लगेज पनि जलेको छ ।


बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए । बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।
 

प्रतिक्रिया