काठमाडौं — हरितालिका तीजको अवसरमा सार्वजनिक भइरहेका तीज गीतहरूबीच गायक पुस्पल शर्माको नयाँ गीत ‘माइतीको सम्झना’ सार्वजनिक भएको छ। मौलिक शैलीमा प्रस्तुत उक्त गीत तीजको मर्म बोकेको उत्कृष्ट रचनाका रूपमा दर्शकदर्शकमाझ लोकप्रिय बन्दै गएको छ।
गीतमा शब्द पुस्पल शर्माले सिर्जना गरेका हुन् भने लय खुमन अधिकारीकोले तयार पारेका छन्। गायनमा खुमन अधिकारी, पूर्णकला बिसी र शर्मिला गुरुङको आवाज रहेको छ।
गीतको अडियो मात्र होइन, भिडियो पनि आकर्षक बनेको छ। म्युजिक भिडियोमा मोडल शिशिर पौडेल, आयुष्मा कार्की, हिवाला गौतम र रिहान शंकरले अभिनय गरेका छन्। भिडियो निर्देशन निशान बानियाँले गरेका हुन्।