सुनको मूल्य फेरि घट्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आउने उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

प्रतिक्रिया