शेयर बजारलाई एउटा सुखद खवर,पुस महिनामा ब्याजदर नबढ्ने

काठमाडौं । शेयर बजार घटाउनमा भुमिका खेलेको रुपमा लिएको ब्याजदर पुस महिनामा भने नबढ्ने भएको छ  बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मंसिरमा निर्धारण गरिएको ब्याजलाई नै पुसमा पनि निरन्तरता दिने भएको छ। 

यद्यपि अन्तिम निर्णय भने विकास बैंक र फाइनान्स कम्पनीहरुसँग छलफल गरेर लिइने छ। विकास बैंक र फाइनान्स कम्पनी संघका प्रतिनिधिहरुसँग सोमबार बिहान ९ बजे छलफल हुँदैछ।


बैंकहरुले पुस १ गतेदेखि लागू हुने नयाँ ब्याज दर मंसिर मसान्तभित्र सार्वजनिक गरिसक्नुपर्ने हुन्छ। मंसिरका लागि बैंकहरुले १०।०५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका छन्। विकास बैंकहरु १०।२५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरिएको छ भने फाइनान्सहरुको १०।३५ प्रतिशत ब्याज तय गरिएको छ।

प्रतिक्रिया