काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घट्दै २७२५.७१ विन्दुमा झरेको छ। बजार बन्द हुँदासम्म नेप्से सूचक १.२७ प्रतिशतले घटेको हो।
बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको देखिएको छ। सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर कारोबार भएको हो।
सो दिन ३२१ कम्पनीको सेयर कारोबार हुँदा ७२ हजार ६०१ पटक सेयर किनबेच भएको छ।
सेयर मूल्यतर्फ १९८ कम्पनीको मूल्य घटेको छ भने ५० कम्पनीको मूल्य बढेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर भने देखिएको छैन।
समूहगत कारोबारमा १३ वटा उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक सबै समूहमा गिरावट आएको छ।